२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • अप्रिलमा मात्र १ लाख ११ हजार पर्यटक भित्रिए, गत वर्ष भन्दा १२ प्रतिसतले बृद्धि

    काठमाडौँ – गत अप्रिल महिनामा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल भित्रिएका छन्। यो २०२३ को अप्रिलको तुलनामा १२.७६ प्रतिसत बढि हो। एक वर्ष अघि अप्रिलमा ९८ हजार ७७३ पर्यटक नेपाल आएका थिए। कोभिड अघि सन २०१९ को अप्रिल महिनामा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए। ५ वर्ष अघिको तुलनामा गत महिना १.८१ प्रतिसतले पर्यटक आगमनमा बृद्धि भएको हो। कोभिडको वर्ष २०२० को अप्रिलमा १४ जना, २०२१ मा २२ हजार ७३२ जना र २०२३ को अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक आएको नेपाल पर्यटक बोर्डले जनाएको छ।
    अप्रिल महिनामा नेपाल आएका पर्यटक मध्ये सबै भन्दा बढि भारतका रहेका छन्। गत महिना ३० हजार १५८ भारतीय पर्यटक नेपाल आएको बोर्डका निर्देशक मणी लामिछानेले जानकारी दिए। त्यसपछि अमेरिकाबाट ९ हजार ९४७ र चिनबाट ९ हजार ७५० पर्यटक भित्रीएको लामीछानेको भनाइ छ। संयुक्त अधिराज्यबाट ५ हजार ३९१, अस्ट्रेलियाबाट ४ हजार ११०, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३  हजार २७०, रसीयाबाट २ हजार ९७७ र मलेसियाबाट २ हजार ३१० जना पर्यटक आएका छन्।