२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष प्रोत्साहनको व्यवस्था गरिने


    बुटवल – सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष प्रोत्सहन प्याकेजको व्यवस्था गर्ने भएको छ। संघिय संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गौत्मबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको प्रोत्साहनको व्यवस्था गरिएको उल्लेख छ।

    उद्घाटन भएको २ वर्ष वित्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन सकेको छैन। नीति कार्यक्रममा नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने समेत उल्लेख छ।