२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • बन्दीपुरमा चिनिया पर्यटकको चहलपहल बढ्दो

    तनहुँ – तनहुँको बन्दीपुरमा पछिल्लो समय चिनिया पर्यटकहरुको चहपहल बढेको छ । पुरानो जिल्ला सदरमुकाम रहेको बन्दीपुर पछिल्लो समय एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ। कोभिड अगाडि विदेशी पर्यटकहरुको बन्दीपुरमा राम्रै चहलपहल हुने गर्दथ्यो। केही वर्ष विदेशी पर्यटकको आगमन न्युन भएपनि अहिले चहपलपहल बढ्न थालेको छ।

    पछिल्लो समय चाइनिज पर्यटकहरुको चहलपहल बढ्को बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किशन प्रधानले बताए। गत पुस महिना यता चिनिया पर्यटक आगमन पनि बढेको छ। उनीहरु प्याकेजको रुपमा आउँदा चहलपहल बढेको छ। उनले भने। त्यस बाहेका जर्मनी र इटलीका पर्यटकहरु पनि आएको प्रधानको भनाइ छ। बन्दीपुर आन्तरिक पर्यटकहरुको लागि पनि राम्रो गन्तव्य हो।

    ११ सय ५० मिटर उचाइमा रहेको बन्दीपुरबाट १०–१२ वटा हिमालश्रींखलाहरु हेर्न सकिन्छ। बन्दीपुरमा मौलिक सैलीका घर र त्यहाँको संस्कृतीका कारण पनि पर्यटकहरु आकर्षित हुने गरेका छन्। सेप्टेम्बर अक्टोवर र नोभेम्बर बन्दीपुरमा पर्यटकको सिजन मानिन्छ। आउँदो सिजनमा पर्यटकको चहलपहल अझ बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किशन प्रधानको आशा छ।