२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • बुद्ध जयन्तीका दिन लुम्बिनीका होटलमा मध्यपान र मांसाहार निषेध

    लुम्बिनी-बुद्ध जयन्तीको दिन लुम्बिनीमा मादक पदार्थ र मांसाहार विक्री वितरण नगरिने भएको छ। बुद्ध शिक्षाको अनुशरण गर्दै जेठ १० बुद्ध पूर्णिमाका दिन होटलहरुमा शुद्ध शाकाहारी भोजन मात्र विक्रि वितरण गराउने होटल संघ लुम्बिनीले जनाएको छ।

    कार्यसमितिबाट निर्णय गरेर सबै होटल व्यवसायीलाई मादक पदार्थ र माछामासु विक्रि नगर्न भनिएको संघका महासचिव पूरुषोत्तम अर्यालले जानकारी दिए। ‘संघमा आवद्ध होटलहरुमा शुद्ध शाकाहारी भोजजन मात्र बिक्री बितरण गर्ने जानकारी गराउदछौ’ उनले भने ‘लुम्बिनी वरपरका ब्यबसायिहरुलाई पनि उक्त दिन माछा मासु तथा मादक पदार्थ बिक्री बितरण नगर्न नगराउन अनुरोध गरेका छौं।’ संघले भब्य रुपमा बुद्ध जयन्ती मनाउन पनि आग्रह गरेको छ।