२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • वृहत्तर लुम्बिनी विकास परियोजनाको ठोस प्रस्ताव अघि बढाउन कोषलाई प्रधानमन्त्रीको निर्देशन


    लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहालले वृहत्तर लुम्बिनी विकास परियोजनाको ठोस प्रस्ताव अघि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। लुम्बिनीसँगै कपिलबस्तु, देवदह र रामग्राम समेतको विकास हुने गरि अघि बढ्नुपर्ने उनको भनाइ छ। लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले यो परियोजना कार्यान्वयन भएमा पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल हुने उल्लेख गरे।

    प्रधानमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वमा प्रत्येक नागरिकका लागि गौरबको विषय भएको भन्दै लुम्बिनीलाई बुद्धिष्टहरुको बर्थिङ सेन्टरको रुपमा समेत विकास गर्न सकिने उल्लेख गरे। ‘अझ बौद्ध धर्म मान्नेको निम्ती यो विशेष गौरब र आनन्दअनुभुतीको विषय पनि बन्छ।’ उनले भने ‘तसर्थ लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको बर्थिग सेन्टरको रुपमा विकास गर्ने र त्यस मार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना हाम्रो सामु छ।’
    लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने प्रधानमन्त्रीको भनाइ छ।