२०८३ कार्तिक ७ गते, शुक्रबार १५:२२
  • कामिरिताले तोडे आफ्नै किर्तीमान, ३० औं पटक चढे सगरमाथा

    काठमाडौं-कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेका छन्। बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका उनले यस अघिको आफ्नै किर्तीमान तोडेका हुन्। सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्।

    सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता पर्वतारोही पथप्रदर्शक हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।