२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • धावनमार्गमा खाल्डा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण केही बेरका लागि बन्द

    काठमाडौँ – धावनमार्गमा खाल्डा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ। धावनमार्गको रन वे ०२ मा सानो आकारको गाल्डो परेपछि ४५ मिनेट विमानस्थल बन्द गरिएको हो।

    मर्मत गर्न केही समय लाग्ने भएकाले उडान अवतरया रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
    विमानस्थलमा उडान अवतरण रोकिँदा धेरै जहाज आकासमा होल्ड गरिरहेका छन्।