२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • पर्यटन मन्त्री तामाङद्वारा देवदह, रामग्राम र पण्डीतपुरको अवलोकन


    बुटवल -संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले बृहत लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने रामग्राम, पण्डीतपुर र देवदह क्षेत्रको अवलोकन गरेका छन्। बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका मन्त्री तामाङ शुक्रबार बुद्धको अस्ती धातु भएको स्थल रामग्राम पुगेका हुन्।

    रामग्रामबाट उनी कोलीय गणराज्यको राजधानी पण्डीतपुर पुगेका थिए। अवलोकनका क्रममा स्थानिय बासीले समयमै उत्खनन् हुनुपर्ने, यहाँको संरक्षण र विकास हुनुपर्ने माग गरेका थिए। मन्त्री तामाङले यो वर्ष पण्डीतपुरको उत्खनन् हुने र रामग्राम गुरुयोजनाको लागि मन्त्रीपरिषदबाटै अगाडि बढाउने गरि कुरा राख्ने बताए।

    पण्डीतपुरपछि उनी बुद्धको माओली स्थल देवदह पुगेका थिए। देवदहमा कन्यामाइ, बैरिमाइ लगायतका स्थानहरुको अवलोकन गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईले जानकारी दिए। देवदहमा उत्खनन्को पाटोलाई निरन्तरता दिँदै थप अध्ययन अनुसन्धान गरि संरक्षण र विकासको काममा लाग्ने मन्त्री तामाङको प्रतिबद्धता थियो।