२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य

    लुम्बिनी- सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। अर्थमन्त्री बर्षमान पुनले संघिय संसदमा आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गदै पर्यटक भित्राउने गरि पर्यटक प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने बताए।

    नयाँ गन्तव्यको विकास र हालका गन्तव्यको विकास र प्रवद्र्धनको लागि प्रोफाइल तयार गरिने बजेटमा उल्लेख छ। पर्यटकलाई एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने, पर्वतारोहण अनुमती प्रणालीलाई स्वचालित प्रविधीमा आधारित बनाइने बजेटमा भनिएको छ ।
    भारत चिन तथा अन्य मुलुकका प्रमुख शहरमा रोड सो मेला महोत्सव जस्ता कार्यक्रम गरिने अर्थमन्त्री पुनले बताए।