२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड

    काठमाडौँ -सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ को लागि ११ अर्ब ९१ करोड रुपैया छुट्याएको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघिय संसदमा बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरिएको बताए। पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन भएको छ।

    त्यस्तै नागरिक उड्यन ३ अर्ब ७७ करोड रुपैया विनियोजन भएको अर्थमन्त्री पुनले बताए। त्यस बाहेक विभिन्न शिर्षकमा पर्यटन प्रवद्र्धनको लागि बजेट विनियोजन गरिएको छ। पर्यटकीय गन्तव्यहरुको प्रोफाइल तयार गरिने, मुलुक बाहिर मेला महोत्सव गर्ने बजेटमा उल्लेख छ। नेपाल भारत सिमानाकाबाट पशुपति नाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ।

    बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गर्ने, पर्यापर्यटन प्रवद्र्धनको लागि टाकुरा पर्यटकीय गन्तव्य तथा इको हिल स्टेसन निर्माण गरिने, पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगायतका कार्यक्रम बजेटमा समेटिएको छ।