२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • पर्यटकीय गन्तव्यको जानकारी दिन प्रदेशका विभिन्न ठाउँमा बोर्ड राखिँदै


    बुटवल -पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन लुम्बिनी प्रदेशका ठाउँमा होडिङबोर्ड राखिने भएको छ। स्थानिय सरकारसँगको सहकार्यमा बोर्ड राख्न सुरु गरिएको लुम्बिनी पर्यटन परिषदले जनाएको छ। प्रदेशका विभिन्न ठाउँमा दुरी र गन्तव्यको जानकारी सहित होडिङबोर्ड राखिने परिषदका कार्यकारी निर्देशक रामु जोशीले बताए। ‘यति किलोमिटर टाढा भनेर उल्लेख भएको क्यु आर कोड सहितको होडिङ बोर्ड हामीले राख्दैछौं।’ उनले भने।

    त्यस्तै बुद्धजन्मस्थल लुम्बिनीको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड रहने छ। स्वर्गद्वारी, सुपादेउराली, रेसुंगा, दाङ, बेलहिया र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत डिजिटल बोर्ड रहने छ। बाँकी पर्यटकीय केन्द्रमा क्यु आर कोड सहितको होडिङ बोर्ड राखीने परिषदका कार्यकारी निर्देशक जोशीले बताए। बोर्डमा भएको भएको क्यु आर कोर्ड स्क्यान गर्दा ति ठाउँहरुको बारेमा विस्तृत रुपमा जान्न सकिन्छ।

    बोर्डको लागि टेण्डर प्रक्रिया सकेर ठाउँ छनोट भएर काम सुरु भएको छ। बोर्डको लागि फाउण्डेसन बनाउने तस्वीर संकलन र लेखाइ लगायतका काम भइरहेको परिषदका कार्यकारी प्रमुख जोशीले बताए। जेठ महिना भित्र सबै ठाउँमा बोर्ड राख्ने काम सकिने उनले जानकारी दिए।