२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • मे महिनामा ९० हजार पर्यटक नेपाल आए

    काठमाडौँ -सन २०१९ को मे महिनामा ९० हजार २११ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा १६.१० प्रतिसतले बढि हो। कोभिड अघि सन २०१९ मे को तुलनामा १५.१६ प्रतिसत धेरै हो।

    यो वर्ष मे महिनामा सबै भन्दा बढि ३८ हजार २८८ भारतीय पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेले जानकारी दिए। जहाज मार्फत आएका भारतीयहरुको मात्र पर्यटकको रुपमा तथ्यांक राख्ने गरिएको उनले बताए। धेरै भारतीयहरु बेलहिया नाका हुँदै लुम्बिनी, पाल्पा, पोखरा, मुक्तीनाथ र पशुपतिनाथको यात्राका लागि आएका हुन्छन्। तर उनीहरुको पर्यटक आगमनको गणना गरिएको छैन। स्थलमार्गबाट आउने तेस्रो मुलुकका पर्यटकको भने पर्यटकको रुपमै गणना गरिएको बोर्डका निर्देशक लामिछानेले बताए।

    भारतीय पछि गत महिना नेपाल आउनेमा अमेरिकी पर्यटकहरुको संख्या धेरै छ। अमेरिकाबाट गत मे महिनामा ८ हजार ५२७ पर्यटक नेपाल आएका छन्। चिनबाट ८ हजार ३८१ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ। यसैबीच सन २०२४ को ५ महिनामा ५ लाख पर्यटक नेपाल आएका छन्।