२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • १० दिन मै चीनतर्फबाट सगरमाथा चढेर जाङ्मु शेर्पाले बनाइन रेकर्ड

    काठमाडौं – निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखिर सगरमाथाको सफल आरोहण गरेकी छन्। यससँगै शेर्पा चीनतर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन्न सफल भएकी छन्। उनले वसन्त ऋतृ मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन्।

    २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी शेर्पाले अहिलेसम्म लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छन्। शेर्पाको पहिलादेखि सगरमाथा आरोहण सपना थियो । क्लाइम्बलया ट्रेक एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाले र परिवारको साथले त्यो सपना पुरा गर्न सफल भएको उनी बताउँछिन।

    आपूm जस्तै महिला, आमाले देखेका सपना पुरा गर्नतर्फ लाग्नुपर्ने बताउर्दै उनले भनिन, ‘म अहिले ३७ वर्षको भए, विवाह पनि भइसकेको छ । बच्चा भयो भनेर घरमै बसेको भए मेरो सगरमाथा चुम्ने सपना कहिले पुरा हुने थिएन। सपना देखेर हुँदैन पुरा गर्न परिवारको साथ, आर्थिक रुपमा पनि सवल हुनुपर्छ । मेरो सपना पुरा गर्न मिङमा शेर्पाले साथ र सहयोग नभएको भए मेरो सपना पुरा हुदैन थियो । मेरो सपना पुरा हुन यतिधेरै वर्ष लाग्छ भनेर कल्पना पनि गरेका थिएन ।’

    जे हो लामो समय लागे पनि सगरमाथा पुग्ने सपना पुरा हुँदा आफु एकदमै खुःसी भएको शेर्पाले सुनाइन्। क्लाइम्बलया ट्रेक एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाले पनि निमा जाङ्मु शेर्पाको सपना पुरा गर्न सहयोग गर्न पाउदा निकै खुःसी भएको सुनाउँछन्। ‘यसरी महिलाहरुले आफनो सपना पुरा गर्नपर्छ र शेर्पाको सफलताले पनि अन्य महिलाहरुलाई केही प्रोत्सान मिल्ने मेरो विश्वास छ,’ कम्पनीका अध्यक्ष मिङमले भने। निमा १० दिन मै सगरमाथाको चुचुरोमा पुग्ने र रेकर्ड रोख्ने योजना बनाएर सगरमाथा भने चढेकी थिइनन्। १०औं दिनमा सगरमाथाको चुचुरोमा पुगेकी निमा ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेकी थिइन। उनले रेकर्डको बनाउँनेभन्दा पनि आफनो सपना पुरा गर्न सगरमाथा आरोहण गरेको शेर्पा सुनाउँछिन।