२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • प्रदेश प्रमुख शेरचनद्वारा राराताल अवलोकन


    मुगु- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अवलोकन गरेका छन्।
    भ्रमणमा प्रदेश प्रमुख शेरचन, जीवन संगिनी शान्ति शेरचन , सचिवालयकाे टाेली र कर्मचारीकाे सहभागीता रहेको छ ।

    भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घाेडामा सवार गरि राराकाे अदभूत साैन्दर्य अवलाेकन गरेका थिए। कर्णाली प्रदेशको स्वर्गकी रानिकाे रूपमा परिचित रारामा दैनिक सयौं पर्यटककाे भिड लाग्ने गर्दछ।

    रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो। रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोलि स्थलमार्गबाट रारा पुगेकाे हाे।

    रारा पुग्ने बित्तिकै राराको सुन्दरताले आफुहरु लाेभिएकाे भ्रमणमा सहभागी प्रदेश प्रमुख शेरचनको सहस्वकीय सचिब बसन्त भट्टचनले बताए।