२०८१ मंसिर ७ गते, शुक्रबार ०४:२४
  • नेपाल इन्टरनेसनल टुरिजम एक्सपो सुरु

    पर्यटन क्षेत्रको अनावश्यक कर हटाइन्छ: पर्यटन मन्त्री


    काठमाडौँ -नेपाल इन्टरनेसनल टुरिजम एक्सपो (नाइट २०२४) काठमाडौँमा सुरू भएको छ। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा सुरु भएको एक्स्पो शनिवार सम्म चल्ने छ। समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरको सहयोग एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा आयोजना गरिएको हो।

    एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे । ‘सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘सरकार नीजि क्षेत्रसँगको सहकार्य र सहभागितामा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै जाने छ।’
    मन्त्री तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर अनावश्यक रहेको भन्दै अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने जानकारी दिए।

    नाइट एक्सपोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी ९होटेल, रिसोर्ट, होमस्टे, ट्राभलरटुररट्रेकिङरमाउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स०, सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

    यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजारभन्दा बढी आगन्तुक सहित मलेसियाको मलेसिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापकरसंयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए।

    नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने उनले बताए।