२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४७
  • लुम्बिनीको बजेटमा पर्यटनतर्फ पहिलो बुँदा : ५ ठाउँमा हिल स्टेसन


    लुम्बिनी -सरकारले प्रदेशका ५ ठाउँलाई हिल स्टेसनको रुपमा विकास गर्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा पर्यटन तर्फको पहिलो बुँदामा हिल स्टेसन बारे उल्लेख छ।

    पर्यटन प्रवर्द्धन गर्न रोल्पाको रुण्टीगढी (होलेरी), पाल्पाको ख्याहा, दाङ्ग देउखुरीको देवीकोटलाई हिल स्टेसनको रुपमा विकास गर्ने बजेटमा उल्लेख छ। त्यसै गरि अर्घाखाँचीको नरपानी र नवलपरासी पश्चिमकोे महलपोखरी क्षेत्रलाई पनि हिल स्टेशनको रुपमा विकास गर्न रकम विनियोजन गरेको मन्त्री आचार्यले बताए।