२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • बुटवल भ्रमण बर्ष घाेषणा गरिने

    बुटवल – आगामी आर्थिक बर्षलाई बुटवल भ्रमण बर्ष घाेषणा गरिने भएकाे छ । घुमाैं बुटवल अभियान अन्तरगत आर्थिक बर्ष २०८१/८२ लाई भ्रमण बर्ष घाेषणा गरिने बुधबार सार्वजनिक भएकाे नीति तथा कार्यक्रममा उल्लेख छ।

    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न भ्रमण बर्ष सञ्चालन गरिने जानकारी दिए।

    पर्यटकीय स्थलहरूकाे पहिचानलाई व्यापक बनाउन आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामाग्री निर्माण गरिने नीति तथा कार्यक्रममा भनिएकाे छ।