२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • मोक्षधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने

    कुञ्ज पार्कमा रात्रीकालिन म्युजिकल वाटर फाउण्टेन



    तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रको मोक्षधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने भएको छ। बुधबार नगर सभामा नगर प्रमुख रामकृष्ण खाणले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ८ धाम एक ठाम भन्ने नारा सहित मोक्षधामको विकासमा नगरपालिकाले सहयोग र सहजिकरण गर्ने बताए।

    कुञ्ज पार्क रात्रीकालिन उद्यानको रुपमा विकास गरि लेजर लाईट सहितको म्युजिकल वाटर फाउण्टेन निर्माण कार्यलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ। तिलोत्तमा भित्रका विभिन्न ऐतिहासिक धार्मीक, सांस्कृतिक सम्पदा महत्वपूर्ण पार्क, ताल, तलैया, मठ मन्दिर, गुम्बा, विहार मस्जितहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन पर्यटकीय स्थलको रुपमा विकास गर्ने नगरप्रमुख खाणले बताए।