२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • भरतपुर भ्रमण वर्षमा सार्वजनिक यातायातमा ४० प्रतिसत छुटको घोषणा

    चितवन – भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा सार्वजनिक यातायातमा ४० प्रतिसतसम्म छुटको घोषणा गरिएको छ। चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र ओम शान्ति यातायात सेवा प्रालिले छुट दिने घोषणा गरेका हुन्। यी संस्थाका १५० वटा गाडी हरेक दिन पूर्वी चितवनबाट भरतपुरसम्म चल्छन्।

    चितवन छाहारी यातायात सेवा प्रालिका अध्यक्ष वद्रिप्रसाद पौडेलले भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले भाडामा छुटको व्यवस्था गरेको बताए। ६८ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई भाडा निःशुल्क गरिने उनले बताए। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस कार्यका लागि व्यवसायीलाई धन्यबाद दिइन् उनले भ्रमण बर्ष सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै अन्य व्यवासायीले समन्वय गरेर काम गर्न अनुरोध गरिन्।

    उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका भरिनै यातायातमा छुट दिनका लागि अनुरोध गरे। पर्यटकिय गन्तव्य स्थलमा पर्यटक पुग्नका लागि यातायातको व्यवस्था राम्रोसंग गर्न समेत उनले अनुरोध गरे।