२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • होटल क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रहरी र व्यवसायी सचेत हुनुपर्ने

    बुटवल- होटल व्यवसाय क्षेत्रलाई सुरक्षित र मर्यादित रूपमा सञ्चालनको लागि प्रहरी संगठन र व्यवसायी सचेत बन्नुपर्नेमा जोड दिइएको छ। पर्यटन उद्योगको रूपमा फस्टाएको होटवल व्यवसाय सुरक्षित सँगै व्यवस्थित हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ।
    होटल तथा रेस्टुरेन्ट व्यबसायी संघ, रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना कार्यक्रममा सहभागी वक्ताहरू होटलमा पाहुनालाई गुणस्तरीय मर्यादित सेवा प्रदान गर्नुपर्ने उल्लेख गरे। साथै प्रहरीबाट व्यवसायीहरुलाई निरन्तर साथ र सहयोग जरूरी रहेको उनीहरुको भनाइ छ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले होटलमा जस्ता पनि ग्राहक आउन सक्ने भन्दै उनीहरुको नियत चिन्न पनि आवश्यक रहेको बताए। होटल व्यवसाय सम्वेदनशिल रहेको भन्दै सुरक्षा प्रति व्यवसायीहरु पनि सचेत हुनुपर्ने उल्लेख गरे। ‘होटलहरुमा प्रयाप्त सिसि टिभी क्यामेरा पनि आवश्यक छ’ उनले भने, ‘शान्ति सुरक्षा र होटलमा हुनसक्ने गतिविधिलाई त्यसले केही हदसम्म भए पनि पत्ता लगाउन सहयोग पुर्याउँछ।’ होटलमा खाद्य सुरक्षातर्फ पनि विशेष ख्याल गर्न पण्डितले आग्रह गरे।

    संघका केन्द्रीय सल्लाहकार देवीकुमार श्रेष्ठले होटलको व्यववसायीक सफलताको लागि प्रहरीको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे। संघका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायको मूल्य मान्यता र विधि भित्र रहेर व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरे। विभिन्न प्रशासनिक झमेलाहरुमा संघले प्रहरीबाट उपयुक्त साथ खोजेको उल्लेख गरे। संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले अबान्छित गतिविधि गर्ने व्यवसायीलाई संघले कहिल्यै साथ नदिने दाबी गरे। संघका निर्वतमान अध्यक्ष रामप्रसाद गौतम, महासचिव अर्जुन थापा लगायतले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै गुणस्तरिय सेवा प्रदान गर्न तयार रहेको बताए।