२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • यी हुन बुटवलको बजेटमा उल्लेख भएका नगरका गौरव सम्पदा


    बुटवल -बुटवल उपमहानगरपालिकाले चार स्थानलाई नगरको गौरब सम्पदाको रुपमा प्रवद्र्धन गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका ऐतिहासिक महत्वका स्थानलाई नगरको गौरव सम्पदाको लागि बजेट विनियोजन गरेको जानकारी दिइन्।

    जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्द सेनको सितकालिन दरबार, जितगढी युद्ध संग्रालय जस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरब सम्पदाको रुपमा प्रवद्र्धन गरिने बजेट वक्तव्यमा बताइएको छ।