२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • कपिलबस्तुको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले पायो क्यासीनो सञ्चालनको अनुमती


    चन्द्रौटा -कपिलबस्तुको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले क्यासीनो सञ्चालनको अनुमती पाएको छ। सिवराज नगरपालिका २  चन्द्रौटामा रहेको चार तारे रिसोर्टले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागबाट क्यासीनो सञ्चालनको अनुमती पाएको हो।

    अनुमती पाएसँगै साउन महिनाबाट क्यासीनो सञ्चालन गर्ने सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टका प्रबन्ध निर्देशक लक्ष्मण भण्डारीले जानकारी दिए। नेपालको तेस्रो डिलक्स रिसोर्ट सिद्धार्थ लुम्बिनी ग्रीन केही महिना अघि चार तारामा स्तरोन्नती भएको थियो।

    ३ विघा क्षेत्रमा क्षेत्रमा फैलिएको रिसोर्टमा ८५ वटा कोठा रहेका छन्। त्यस्तै साना ठूला गरेर ५ वटा हल छ। रेष्टुरेन्ट, बार, स्पा, वाटरर्पाक सहितको स्वीमिङ पुल, हेल्थ क्लबको सुविधा पनि रहेको छ। रिसोर्टको अर्को विशेषता यहाँको पोखरीमा डुंगा सयर गर्न र बल्छी खेल्न पनि पाइन्छ। पोखरी वरपर पदमार्ग र खानपानको लागि कटेज समेत छ। लुम्बिनी ग्रीन रिसोर्ट एग्रो फर्म सहितको रिसोर्ट हो।

    आएका पाहुनालाई फर्ममै उत्पादन भएका परिकार खुवाउने गरिन्छ। सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट पर्यटन र हस्पिटालिटीमा कपिलबस्तुको पहिचान बनेको छ। रिसोर्टमा धेरैजसो भारतीय पर्यटकहरु आउने गरेका छन्।