२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • बिना अक्सिजन माउन्ट केटु आरोहण गर्दै अष्ट्रेलियाकी पर्वतारोही एली पेपर

    काठमाडौं – अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपर बिनाअक्सिजन विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणको तयारीमा छिन्। आरोहणका लागि उनी पाकिस्तान पुगेकी छन्। उक्त हिमालको सफल आरोहणसंगै उनले विश्वका ८ हजार मिटर अग्ला हिमालको आरोहण संख्या ४ पुग्ने छ। पेपरले ८ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गर्ने अभियानमा छिन्।

    एली पेपरले यस अघि अरु हिमाल आरोहणले आफू उत्साहित भएको बताइन्। ‘म र मेरो गाइड मिकेल शेर्पा अन्नपूर्ण–१ र मकालु हिमालको सफल आरोहण गरी अष्ट्रेलिया फर्किएपछि हामीले अष्ट्रेलियामा रहेको माउन्ट कोसिउस्कोको सफल आरोहण गयौं। उक्त हिमाल सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये एउटा हिमाल हो।’ उनले भनिन्।

    गाइड मिकेल शेर्पाले सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये माउन्ट कोसिउस्कोको सफल आरोहण गरिसकेका छन्। उनले सातमध्ये ४ ओटाको सफल आरोहण पनि गरी सकेका छन्। केटु हिमालको सफल आरोहणपछि स्पोन्सर पाए पाकिस्तानमै रहेको गाशरब्रम–१ र गाशरब्रम–२ हिमालको पनि बिना अक्सिजन आरोहण गर्ने तयारी उनको रहेको छ।
    त्यस्तै गाईड शेर्पाले पनि आफुहरु केटु हिमाल आरोहणको लागि तयार रहेको र पेपरले सफलतापूर्वक केटु हिमाल आरोहण गर्नेमा विश्वस्त भएको बताए।

    त्यस्तै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको सफल आरोहण गरीसकेको र अब केटु हिमालको पनि सफल आरोहण गरे १० वटा मात्र बाँकी रहने शेर्पाको भनाइ छ। अन्नपूर्ण–१ र मकालु हिमालको आरोहण गर्न पेपरलाई मिकेल शेर्पा र निमा शेर्पाले गाइड गरेका हुन्। दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्यमा पेपर छिन्। बिस्तारै एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफुले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपर बताउँछिन्।

    उनले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत उक्त हिमालहरु आरोहण गरिरहेकी छन्। सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्दै पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न सुरुवात गरेकी थिइन्। यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन्।

    यसअघि उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका दिन बिना अक्सिजन सफल आरोहण गरिसकेकी छिन्। सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बन्न पनि पेपर सफल भएकी थिइन्।

    हिमाल आरोहणको इतिहासलाईै हेर्ने हो भने हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन्। त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा भने दुई जना मात्र पुगेका हुन्, जसलाई १६ वर्षको समय लागेको थियो। विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकाले पनि पेपरमा आफुले चालेका कदमले आफनो लक्ष्य सम्म पुग्नेमा उनी पुर्ण विश्वस्त देखिन्छिन्।