२०८१ आश्विन २१ गते, सोमबार ०७:०२
  • जुनमा ७६ हजार बढि पर्यटक नेपाल आए

    काठमाडौँ – सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल आएका थिए।

    नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन्। भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल आएका छन्।

    कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए। सन् २०२४ सुरु भएयता छ महिनाको अवधिमा नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन्।