२०८१ आश्विन २१ गते, सोमबार ०७:०६
  • पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसायीहरुको टोली वंगालादेशमा

    काठमाडौँ -होटल व्यवसायीहरू पर्यटन पर्वद्धनका लागि बंगलादेश पुगेका छन्। नेपालमा बंगलादेशी पर्यटकको आकर्षण भएको र थप प्रचार प्रसारका लागि होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो। होटल संघले, नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

    शुक्रबारका ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरूको उपस्थितिमा भव्य पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बिटुबी कार्यक्रम गरी विशेष रात्रि भोजको पनि आयोजना गरिएको संघले जनाएको छ।

    बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ। साथै, उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरूको आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।