२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • यो वर्षको साउट एसियन ट्राभल अवार्ड नेपालमा हुने

    काठमाडौँ – साउथ एसियन ट्राभल अवार्डस् ९साटा० नेपालमा हुने भएको छ। दक्षिण एशिया क्षेत्रका आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्दै आइरहेको साटाले २०२४ को कार्यक्रम नेपालमा गर्न लागेको हो।

    आगामी असोज ३ गते काठमाडौँको मल्ल होटलमा अवार्ड कार्यक्रम हुने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए। साथै असोज ४ मा अलफ्ट होटलमा अर्को चरणको कार्यक्रम हुनेछ। पर्यटन बोर्ड र होटल संघको सहयोगमा साटाले आठौं संस्करणको अवार्ड कार्यक्रम गर्न लागेको हो।

    अवार्डले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिँदै आएको छ। कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिङमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ।