२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • गौतमबुद्ध विमानस्थलमा फसेको बुद्ध एयरको जहाज निकालियो

    भैरहवा -गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ। प्राविधिक टोलीले सफलतापूर्वक जहाज निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

    काठमाडौंबाट भैरहवा आइ अवतरण गर्न लागेको बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी अवतरण धावनमार्गमा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण चिप्लिन पुगेको थियो ।

    जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएका थिए। त्यसपछि यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो। जहाजलाई प्राविधिकले साँझ ६ बजे धावनमार्गबाट निकालेको छ।