२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

    काठमाडौँ -काठमाडौँको द्वारिकाज होटलकी सञ्चालक अम्बिनीका श्रेष्ठको निधन भएको छ। ९२ वर्षिय श्रेष्ठको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।

    उनी दुई महिना यता निमोनियाबाट पीडित भइ उपचाररत थिइन्। ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। श्रेष्ठका दुई छोरी छन्। काठमाडौँको बत्तीसपुलतीमा श्रेष्ठको ५ तारे द्वारिकाज होटल र धुलिखेलमा द्वारीकाज रिसोर्ट रहेको छ।