२०८१ आश्विन २१ गते, सोमबार ०७:०६
  • चिनको दुनहुवाङ सिटिको टोलीद्वारा लुम्बिनी सहितका बुद्धस्थलको अवलोकन

    लुम्बिनी लुम्बिनी साँस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध भएकोे गान्शु प्रदेश दुनहुवाङ्ग सिटिको वैदेशिक महाशाखा प्रमुख जोडी यु जिङमेइ नेतृत्वको टोलीले लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित स्थलको भ्रमण गरेको छ। असार ३१ गते लुम्बिनी आएका जिङमेइ सहित ३ जना चाइनिज पाहुनालाई नगरप्रमुख सजरुद्दिन मुसलमान उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत राम प्रसादज्ञवाली लगायतले स्वागत गरि भेटवार्ता गरेका थिए। पहिलो दिन उनीहरुले रामग्राम स्तुपाको भ्रमण गरेका थिए।

    दोस्रो दिन जिङमेइ सहितका पाहुनाले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन तथा चाइनिज विहारको भ्रमण गरेका थिए। लुम्बिनी विकास कोषसँगको भेटवार्तामा लुम्बिनीको आर्थिक सामजिक विकास लगायत विभिन्न विषयमा छलफल भएको थियो। उनीहरुले बुद्धग्राम रोबोटिक थियटरको अवलोकन समेत गरे।

    सोही दिन बुद्धले आफ्नो जीवनको २९ वर्ष ठाउँ तिलैराकोटको अवलोकन गरे। वरिष्ठ पुरातत्वविद वसन्त विडारी ज्यूद्वारा लिखित लुम्बिनीको मौन अह्वान नामक पुस्तकको चाइनिज भर्जनको पुस्तक चाइनिज पाहुनाहरुलाई प्रदान गरिएको थियो।
    तेस्रो दिन चिनिया टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सोलर पावर जडानको लागि उपयुक्त स्थानको छनौट तथा सम्भाव्यता अध्ययन गर्न समेत गरेको थियो। वडा नम्बर १२ को आमा वनवाटिका र वडा नम्बर ५ ढोढहवामा रहेको सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क बन्ने स्थान, वडा नम्बर १० को विद्यालयको ठाउँको समेत अवलोकन गरेका थिए।