२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • पर्यटन बोर्डको एसटिएलआरपी परियोजनालाई पाटा गोल्ड अवार्ड

    काठमाडौँ -नेपाल पर्यटन बोर्डले पाटा गोल्ड अवार्ड फर कम्युनिटी बेस टुरिजम २०२४ हात पारेको छ। पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना एसटीएलआरपीले समुदायमा आधारित पर्यटन तर्फको पाटा गोल्ड अवार्डबाट सम्मानित भएको हो।

    यो अवार्डले पर्यटन रोजगारीका अवसरहरू सिर्जना गर्न, पर्यटन गन्तव्यहरूको विकास गर्न र दिगो पर्यटन विकासमा क्षमता निर्माण मार्फत स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्न परियोजनाको योगदानलाई मान्यता दिने नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्ड अन्तर्गत एसटीएलआपी परियोजनाले लगातार तेस्रो वर्ष पाटा गोल्ड अवार्ड प्राप्त गरेको परियोजना प्रमुख तथा पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिइन्।