२०८१ आश्विन २१ गते, सोमबार ०७:०७
  • जन्तीलुङ्गमा नाट्टा पाल्पाद्वारा पर्यटकीय गन्तव्य  प्रवर्द्धन कार्यक्रम

    साउनको शनिवार जिल्लाका विभिन्न गन्तव्यमा पुगिने

    तानसेन-नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टा पाल्पाले नवौं बार्षिक साधारणसभा सँगै पर्यटकीय गन्तव्य कार्यक्रम सुरुवात गरेको छ। पाल्पाको तिनाउ गाउँपालिका ६ जन्तीलुङ्ग, मस्याममा पर्यटन  प्रवर्द्धनसँगै साधारण सभा सम्पन्न भएको हो। पर्यटन प्रवद्र्धन कार्यक्रम साउन महिनाभर जारी रहने र जस अनुसार पहिलो कार्यक्रम जन्तीलुङ्गमा गरिएको नाट्टा पाल्पाका अध्यक्ष राजिव शाहले बताए।

    पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत साउनको प्रत्येक शनिवार एक एक वटा गन्तव्यमा पुग्ने उनले जानकारी दिए। नाट्टा पाल्पाले अघिल्लो वर्ष साउनको शनिवार नयाँ गन्तव्यको पहिचान सहित ट्रकिङ र हाइकिङ आयोजना गरेको थियो। यो वर्ष होम स्टे सहितको गन्तव्य छनोट गरिने शाहको भनाइ छ। जन्तीलुङमा नाट्टा पाल्पाको टोलीलाई होम स्टे सञ्चालकहरुले स्वागत गरेका थिए। सो अवसरमा पर्यटन प्रवद्र्धन सम्बन्धी अनुमभवहरु साटासाट भएको थियो।

    समुन्द्र सतहबाट करिब १७०० मिटरमा उचाइ रहेको जन्तीलुङ आफैमा सुन्दर ठाउँ हो। जहाँबाट हिमाल, पहाड र तराई गरि तिनै भुगोलका दृष्य अवलोकन गर्न सकिन्छ। जन्तीलुङ्ग मगर होम स्टे सञ्चालनमा रहेको छ। आएका पाहुनाहरुलाई गर्दै स्थानीय मौलिक खानाका साथै नाचगान समेत प्रस्तुत गर्ने गरिन्छ। पछिल्लो समय पाल्पाका विभिन्न ठाउँसँगै रुपन्देही र आसपासबाट जन्तीलुङ घुम्न जानेहरु बढ्दै गएका छन्।