२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • त्रिभुवन विमानस्थल नजिक सौर्य एयरलाईन्सको जहाज दुर्घट्ना

    काठमाडौँ- काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सौर्य एयरलाइन्सको जहाज दुर्घट्नामा परेको छ। सौर्यको ९ एनएएमईसी/आरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदादुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।
    जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।