२०८१ आश्विन २१ गते, सोमबार ०७:०६
  • होटल व्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा महेन्द्र श्रेष्ठ

    बाँके-होटल व्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा महेन्द्र श्रेष्ठ चयन भएका छन्। महासंघ लुम्बिनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेसनले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। जसको बरिष्ठ उपाध्यक्षमा दधिराम भण्डारी, प्रथम उपाध्यक्ष भिमलाल कडेल, दितिय उपाध्यक्ष दिपेन्द्र पुन मगर, पर्यटन दोर्ण बहादुर आचार्य र महिला उपाध्यक्ष सुमित्रा बेलबासे चयन भएका छन्।

    त्यस्तै महासचिवमा गणेश बेलबासे, उप महासचिवमा शिवराज सापकोटा, सचिबमा महेश बेलबासे, सहसचिबमा लिलाधर भट्टराई, कोषाध्यक्षमा खेतुलाल उपाध्याय र सह कोषाध्यक्ष जुद्ध कुँवर रहेका छन्। होटल व्यवसायी महासंघको शुक्रबार संस्कृती पर्यटन तथा नागरिक उड्नयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए।