२०८१ आश्विन २१ गते, सोमबार ०७:११
  • एक अर्बको लागतमा प्रेसिडेन्ट ग्रुपले विभिन्न शहरमा स्तरिय होटल सञ्चालन गर्ने

    काठमाडौँ- प्रेसिडेन्ट विजनेश ग्रुपले देशका विभिन्न शहरमा स्तरिय होटलहरु खोल्ने भएको छ। नेपालको पर्यटन प्रवद्र्धनको लागि रणनीतिक रुपमा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, सुर्खेत विराटनगर लगायतका प्रमुख शहरमा २ वर्ष भित्र स्तरिय होटल स्थापना गर्न लागिएको प्रेसिडेन्ट ग्रुपले जनाएको छ।गैर आवासीय नेपालीहरुको सहकार्यमा एक अर्बको लागतमा होटलको सञ्जाल विस्तार गर्न गैर आवासीय नेपाली र प्रेसिडेन्ट विजनेस ग्रुपबीच सहकार्य भएको छ।

    काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर बाहिर प्रेसिडेन्ट होटलको चुलो पूजा पनि गरिएको छ। एयपोर्टपछि लुम्बिनीमा होटल सञ्चालन हुने गैर आवसीय नेपाली संघका पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा लगानीकर्ता सोम सापकोटाले बताए। ‘लुम्बिनीमा होटल निर्माणको ७० प्रतिसत काम सम्पन्न भएको छ। छिट्टै सञ्चालनमा ल्याउँछौं। चितवनको सौराहा र पोखरामा पनि होटल संचलानमा ल्याउने तयारी छ।’ उनले भने।

    होटल सञ्चालनको अभियानमा विभिन्न देशका एनआरएनहरूको विशेषज्ञता र ज्ञानहरु समावेश हुने प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए। होटेलहरूले पर्यटक तथा पाहुनाहरुको लागि विकल्पहरूको विस्तृत दायरा सुनिश्चित गर्दै, तीन तारे र चार तारे आवासहरूको मिश्रण प्रदान गर्ने उनको भनाइ छ। गुणस्तरीय आवाशका लागि कोठाका दरहरु प्रतिस्प्रधात्मक हुने बताइएको छ। होटलहरुको व्यवस्थापन गर्ने प्रसिडेन्ट विजनेस ग्रुप नेपालको प्रतिष्ठित र लोकप्रिय ब्रान्ड हो। आतिथ्य क्षेत्रमा १८ वर्षको अनुभव भएको ग्रुपले उत्कृष्टता र ग्राहक सन्तुष्टिको लागि आफ्नो प्रतिबद्धताका लागि प्रसिद्ध छ।

    भण्डारीले गैरआवासीय नेपालीको सीप र ज्ञानबाट नेपाललाई महत्वपूर्ण फाइदा हुने उल्लेख गरे। एनआरएनका लगानीकर्ता सोम सापकोटाले साझेदारी मार्फत नेपालको आतिथ्य क्षेत्रको वृद्धि र विकासमा योगदान पु¥याउने आफ्नो आफ्नो चाहाना रहेको उल्लेख गरे। एनले देशको अर्थतन्त्रलाई बढावा दिन र स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि उपलब्ध सेवाको गुणस्तर अभिवृद्धि गर्न सहकार्यको महत्वपूर्ण भूमिका हुने बताए।