२०८१ आश्विन २१ गते, सोमबार ०७:०३
  • जुलाईमा साढे ६४ हजार पर्यटक नेपाल आए

    काठमाडौँ -गत जुलाइ महिनामा ६४ हजार ५९९ पर्यटक पर्यटक नेपाल आएका छन्। सन २०२३ को सोही अवधिमा ५७ हजार ७२६ पर्यटक आएका थिए। अघिल्लो वर्षको तुलनामा २०२४ को जुलाइमा ६ हजार ८७३ बढि विदेशी पर्यटक नेपाल भित्रीएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।

    तर कोभिड अघि सन २०१९ जुलाइको तुलनामा भने गत महिनाको पर्यटक आगमन ६३ सयले कम छ। २०१९ को जुलाइमा ७० हजार ९१६ पर्यटक आएका थिए। गत जुलाइमा नेपाल आएका मध्ये सबैभन्दा बढि भारतबाट २१ हजार ४९१ पर्यटक आएका छन्।

    त्यस्तै अमेरिकाबाट ७ हजार ८६४ चिनबाट ६ हजार ८१९, संयुक्त अधिराज्यबाट ३ हजार ८०६ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै बंगालादेशबाट ३ हजार ४ सय ७०, अष्ट्रलियाबाट १ हजार ९०१, दक्षिण कोरियाबाट १ हजार ५३७, भुटानबाट १ हजार २०७, मलेसियाबाट १ हजार १२५ र जापानबाट १ हजार ११४ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।