२०८१ आश्विन २१ गते, सोमबार ०७:०४
  • भैरहवामा सातामा ४ उडान गर्ने सर्तसहित थाइ एयर एसियाले पायो उडानको अनुमती

    काठमाडौँ- थाइ एयर एसियाले भैरहवामा ४ उडान गर्ने सर्त सहित काठमाडौँमा उडानको अनुमती पाएको छ। एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई नेपाल नागरिक उड्यन प्राधिकरणले सातामा ७ उडानको अनुमती दिएको छ। जस अन्तर्गत थाइल्याण्डको बैंककबाट ३ उडान काठमाडौँमा गर्ने छ भने ४ उडान भैरहवामा गर्नुपर्ने छ।

    यसमा एयररलाइन्सले हप्तामा ४ उडान भैरहवामा गर्नेछ भने ३ उडान काठमाडौंमा गर्ने भएको छ। थाइल्याण्डको बैंककबाट काठमाडौं र भैरहवा उडानका लागि थाइ एयर एसियाले उडानका लागि अनुमति पाउन निकै प्रयास गर्दै आएको थियो। यो कम्पनीको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो।
    २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत नेपाल फर्किन चाहको थियो। तर पुरानो बक्यौता नतिरी उडान अनुमति दिन प्राधिकरण हच्किएपछि एयर एसियाले किस्ता सुविधा माग गरेको थियो। पछिल्लो ६ महिनादेखि नियमित किस्ता बुझाइरहेको छ। २४ महिनामा २५ करोड रुपैयाँ तिर्नेछ।