२०८१ आश्विन २१ गते, सोमबार ०७:०१
  • लुम्बिनीबाटै हिमाल देखिएपछि पर्यटकहरु दंग


    लुम्बिनी- लुम्बिनी पुगेका पर्यटकहरु बुधबार दंग परेका थिए। बुद्ध जन्मस्थल आएका उनीहरुलाई लुम्बिनीबाट हिमाल समेत देख्न पाइन्छ भन्ने कल्पना समेत गरेका थिएन्। सफा मौसम हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ। पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमश्रृखलाको भिडियो र फोटो खिचेर आम मानिसहरुलाई लोभ्याएका छन्।

    श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशि व्यक्त गरे । उनले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर ब्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रुपमा हिमाल देख्न पाएको उल्लेख गरे। बर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरु लेभिएका हुन् ।

    प्राय असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने पुस्तौदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए।त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन। मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन।

    भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउने गरेको पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वजराईले बताए। बेला मौकामा मात्र मायादेवी र अशोक स्तम्भको छेउबाट हिमश्रृखला देखिन्छ।