२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • आथित्य र पर्यटन व्यवस्थापन तर्फ श्रीप्रसाद भट्टाराईलाई विद्यावारिधी

    बुटवल -आथिथ्य र पर्यटन व्यवस्थापमा श्रीप्रसाद भट्टराईले विद्यावारिधि गरेका छन्। मलेसियाको लिंकन युनिभरसिटीबाट उनले अतिथ्य र पर्यटन व्यवस्थापन संकाय अन्तर्गत ‘लुम्बिनी प्रदेशका तारे होटलहरुमा सेवा गुणस्तर र अतिथि पुनरागमनमा प्रभाव, पाहुनाको सन्तुष्टीको लागि मध्यस्थ भूमिका’ विषयमा विद्यावारिधी गरेका हुन्।

    भट्राई लुम्बिनी बौद्ध विश्वविद्यालमा पर्यटन विषय समितिका अध्यक्ष छन्। विद्यावारिधिका लागि आफूले लुम्बिनी प्रदेशका पर्यटकीय स्तरका साथै एक देखी ५ तारा सम्मका सबै होटलको केस स्टडी गरेको भट्टराइले बताए। होटलमा आउने पाहुनाहरुको गुनासो र प्रतिक्रियालाई कसरी सम्बोधन गर्न सकिन्छ।

    व्यवस्थापन र लगानीकर्ताको भूमिका के हुन्छ। पाहुना तथा पर्यटकहरुलाई फेरि आउन कसरी उत्साह जगाउन सकिन्छ भन्ने बारेको अध्ययन मैले विद्यावारिधीमा समेटेको छु। उनले भने। यस अघि श्री भट्टराईले लण्डनको बकिंघम विश्वविद्यालयबाट हस्पिटालिटीमा स्नातकोत्तर गरेको थिए।