२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • पर्यटनको क्षेत्रको विकासका लागि खटिरहने छुः मन्त्री पाण्डे


    काठमाडौ -संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि खटिरहने उद्घोष गरेका छन्। शनिबार ललितपुको लाबिम मलमा द च्यालेन्र्जस गेम अफ हिमालयजले निर्माण गरेको हिमाल च्यालेन्जर्स शो कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याएको भन्दै भ्लगरहरु प्रति कृतज्ञता व्यक्त गरे।

    मन्त्री पाण्डेले नेपाल प्रकृतिका हिसाबले सुन्दर मनमोहक रहेको उल्लेख गर्दै प्रकृतिको सुन्दर सृष्टिलाई विश्वव्यापी रुपमा निरन्तर प्रचार पसारको आवश्यकता भएको बताए। पर्यटन प्रर्वद्धनमा टेलिभिजन कार्यक्रमले विशेष योगदान पुर्याउनेमा मन्त्री पाण्डेले विश्वास गरे। विभिन्न ६ देशका ११ जना युटुयुबरहरुले सगरमाथा वेश क्याम्प पुगेर उनीहरुको यात्रालाई आधार बनाएर उक्त टीभि सो कार्यक्रम बनाएका थिए।

    प्रति ४० मिनेटका ८वटा कार्यक्रमको अमेरिकन अमोजन प्राइममार्फत रिलिज गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाली चलचित्र निर्देशक,निर्माता,कलाकारहरुको समेत उपस्थिती रहेको थियो।