२०८१ आश्विन २१ गते, सोमबार ०७:०९
  • लुम्बिनी विकास कोष र साँस्कृतिक नगरपालिका जनप्रतिनिधिविच छलफल

    लुम्बिनी-लुम्बिनी विकास कोषले लुम्बिनी साँस्कृति नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । कोषका पदाधिकारी सहित नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुहरु सहितको उपस्थितीमा बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा छलफल भएको हो ।

    छलफलमा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक र साँस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार र कोषविच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले लुम्बिनीको विकास र संरक्षण आफूहरुले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाहरुको साथ र सहयोग आवश्यक हुने बताए। उनले कोषको वर्तमान पदाधिकारीहरु स्थानीयहरुको सवालमा संववेदनशिल रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरुको थलोको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे।

    कोषाध्यक्ष भट्टराईले लुम्बिनी बचाउ महाअभियानको मागमा कोष नियम र विधिले मिल्नेसम्मका बुँदाहरुमा सकरात्मक रहेको तर मागहरु लुम्बिनी अशान्त छ भन्ने सन्देश दिने गरी नगर्न समेत आग्रह गरे। उनले स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनीलाई साँच्चिकै शान्ति स्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति रहेको कुरा स्विकार गर्दै कोष र स्थानीय सरकारविच सहकार्यको वातावरण बढाउनुपर्ने बताईन। उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याई गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयहरुको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिईन।

    कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँको बिषयमा सबैपक्ष संवेदनशिल हुनुपर्नेमा जोड दिए। उनले यूनेस्कोले खतराको सूचीबाट नराख्ने निर्णय भएपनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयहरुले समेत साथ सहयोग गर्नुपर्ने बताए। लुम्बिनी भित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदुषण, प्रो क्वाकले भनेको शान्ति सहर जस्ता बिषयमा समेत प्रश्न उठेकाले यस बिषयमा संघ, प्रदेश र स्थानीय सरकारले समेत चासो र सहकार्य गर्नुपर्ने उनले बताए। छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडाअध्यक्षहरुले लुम्बिनी साँस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए।

    उक्त अवसरमा विहारहरुका प्रतिनिधिहरुले आफुहरुले धर्मशाला सञ्चालन गरिरहेपनि होटलका रुपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरुले गुनासो गरेकोमा दुःख व्यक्त गरेका थिए। उनीहरुले धर्मशालामा आउनेहरु धार्मिक तीर्थयात्रीहरु रहेको भन्दै यस्ता बिषयले तीर्थयात्रीहरु लुम्बिनी आउनेक्रम घट्न सक्नेतर्फ सजग गराए।

    छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राई, विहारका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रमम लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, शसस्त्र प्रहरी बलका डिएसपि, कोषका विभागिय प्रमुखहरु, विहारका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।