२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • पर्यटन मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक 

    प्रत्येक बुधबार मन्त्रालयमा विभागस्तरिय छलफल गर्ने


    काठमाडौं– संस्कृति पर्यटन तथा  नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफ्नो एक महिने कार्यतालिका सार्वजनिक गरेका छन्।सोमबार आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठक मार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका उनले सार्वजनिक गरेका हुन्।

    पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन्। उनले मन्त्रालयले बोकेका लक्ष्य र उदेश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए। आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिए।

    त्यसै गरि मन्त्री पाण्डेले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको भन्दै सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोत्साहित भन्दा पनि प्रोत्साहन र उत्प्रेरणा दिनु पर्नेमा जोड दिनु दिए। उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरे।