२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • ओपन टु इन वान स्नूकर प्रतियोगिता आयोजना

    काठमाडौं – द गुड शट स्नूकर क्लबले ओपन २ इन १ स्नूकर प्रतियोगिता आयोजना गरेको छ । कपन ११- बुढानिलकण्ठ, नजिकैको आनी गुम्बामा भइरहेको प्रतियोगिताले नेपालभरिका स्नूकर खेलाडिहरुको ध्यान आकर्षित गरेको छ। प्रतियोगितामा स्नोकरक उत्कृष्ट प्रतिभा र कडा प्रतिस्पर्धा देख्न सकिने छ।

    प्रतियोगितामा दुई मुख्य टोलीहरूले उत्कृष्ट उपाधि सहित नगद पुरस्कार प्राप्त गर्ने छन्। टोली ‘ए’ मा पहिलो पुरस्कार रु ५० हजार, दोस्रो पुरस्कार रु २० हजार, तेस्रो पुरस्कार रु १० हजार र उच्च ब्रेक पुरस्कार रु १० हजार रहेको छ।
    टोली ‘बी’ मा पहिलो पुरस्कार रु ३० हजार, दोस्रो पुरस्कार रु १० हजार, तेस्रो पुरस्कार रु ५ हजार र उच्च ब्रेक पुरस्कार रु ५ हजार रहेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न आठ विधाका ट्रफीहरू प्रदान गरिनेछ।

    प्रतियोगिताको मुख्य प्रायोजक पासाङ तामाङ, फूरी माया तामाङ, र छोरा काजी लामा रहेका छन्। अन्य प्रायोजकहरूमा पाहुना प्रायोजक, शार रेस्टुरेन्ट, बौद्धस सवारी प्रायोजक, एभरेस्ट एनफिल्ड, यात्रा प्रायोजक, टाकतोक ब्रदर्स ट्रेक र एक्स्पिडिसनस कफी प्रायोजक, माउन्टेन जाभा कफी कम्पनीस नेपाल मल्ल ट्रेक्स र एक्स्पिडिसन र डिजिटल मिडिया प्रायोजक, प्रोजेक्टाइल क्रियेशन्स रहेका छन्।

    प्रतियोगितालाई सफल बनाउन नेपाल माउन्टेनीयरिङ एसोसिएसनका सदस्य लामा बाबु शेर्पा, माउन्टेनर फुरा जम्बु शेर्पा लगायतको पनि सहयोग रहेको विश्व कीर्तिमानी पर्वतारोही तथा द गुड शट स्नूकर क्लबका अध्यक्ष लाक्पा देन्डी शेर्पाले बताए।
    उनका अनुसार एक सय ३० भन्दा बढी सहभागीहरू रहेको प्रतियोगिता एक हप्ता सम्म उच्च स्तरको स्नूकरहरुको साथ रमाईलो म्याचहरू सञ्चालन हुनेछ। सात दिन सम्म चल्ने यो कार्यक्रमको पहिलो दुई दिनको छनोट चरण भने पूरा भइसकेको छ।
    प्रतियोगिता नेपालको पहिलो प्रमुख स्नूकर प्रतियोगिताको रूपमा एउटा महत्वपूर्ण पाईला हो। जसले देशका विभिन्न कुना काप्चाहरूका प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको शेर्पाको भनाइ छ।
    ‘यसलाई वार्षिक कार्यक्रम बनाउन योजना छ । यसले नेपालभरका स्नूकर खेलाडीहरूलाई आफ्ना कौशलता प्रदर्शन गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न मञ्च प्रदान गर्ने छ।’ उनले भने।