२०८१ आश्विन २१ गते, सोमबार ०७:१२
  • जुलाइमा ९ हजार भारतीय र ४ सय चिनियाँ लुम्बिनी आए, अरु देशका कति

    लुम्बिनी – जुलाइ महिनामा ९ हजार ६१ भारतीय पर्यटकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। जुनमा २५ हजार २९३ जना आएकोमा बर्षाका कारण जुलाइमा घटेका हुन्। एक वर्ष अघि सन २०२३ को जुलाइमा १० हजार ७८९ जनाले भ्रमण गरेका थिए। यो वर्ष १७ सय जतिले घटेका हुन्।

    यस्तै गत महिना ४२६ चिनिया पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष २०२३ को जुलाइमा ४०४ जना चिनिया आएका थिए। कोभिड अघि सन् २०१९ को जुलाईमा १ हजार ३९ चिनिया पर्यटक लुम्बिनी आएका थिए। यो वर्ष जुलाई महिनामा भारत बाहेक तेस्रो मुलुकबाट कुल १ हजार ७१९ पर्यटक लुम्बिनी आएका जसमा सबै भन्दा बढि श्रीलंकाबाट ४५० जना रहेका छन्। दोस्रोमा चिनिया रहेका छन्। थाइल्याण्डबाट १९८, भियतनामबाट ७६, दक्षिण कोरियाबाट ७०, ताइवानबाट ५४, अमेरिकाबाट ५० जना रहेका छन्।

    गत जुलाइमा नेपाल भित्रबाट लुम्बिनी घुम्न आउनेको संख्या भने १६ हजार १ रहेको छ। यो कोभिड अघिको तुलनामा झण्डै आधाले कम हो। सन् २०१९ को जुलाइमा ३० हजार २९१ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए।