२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको प्रमाणपत्र


    काठमाडौं-यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाइ सुरक्षा मापदण्डको प्रमाणपत्र आइएसएए प्राप्त गरेको छ। उत्कृष्ट हवाइ सेवा सुरक्षा कायम गर्ने बायुसेवालाई आईएसएसए प्रमाणपत्र प्रदान गरिन्छ।

    सुरक्षा र सञ्चालन उत्कृष्टता बढाउन हाम्रो एक महत्वपूर्ण उपलब्धि भएको यती एयरलाइन्सका सीईओ सुभाष सापकोटाले बताए। ‘यो उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा मेहनत र समर्पणको साथै हाम्रा यात्रुहरूलाई सुरक्षित र सबैभन्दा भरपर्दो हवाई यात्राको अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ।’ उनले भने ‘आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नु अघि एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको पूर्ण रूपमा मूल्याङ्कन गर्दछ।’

    विभिन्न चरणहरूमा कागजातहरूको मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डको हरेक आवश्यकता कार्यान्वयन गरेपछि मात्र यती एयरलाइन्सलाई आईएसएसए अपरेटरको रूपमा मान्यता प्राप्त भएको हो। यती एयरलाइन्सले सँधै सुरक्षामा सर्वोच्च प्राथमिकता राखेको र आईएसएसए दर्ता एयरलाइन्सको विद्यमान सुरक्षा प्रोटोकॉल र मापदण्डहरूको सुदृढिकरणको रूपमा कार्य गर्ने सापकोटाको भनाइ छ।