२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई २०८३ भदौसम्म इन्धन र टिकटमा सहुलियत


    भैरहवा-भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीले दुई वर्षसम्म सहुलियत पाउने भएका छन्। उनीहरुलाई २०८३ भदौसम्म इन्धन र टिकटको करमा सहुलियत दिन लागिएको हो।

    दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको विकल्प र उपायबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिएर भए पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने निचोडमा सरकार पुगेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी दिए।