२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • हवाई दुर्घटनाका प्रतिवेदन तथ्यपरक छन् कि छैनन् समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानविन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।
    विहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हवाई दुर्घटनापछिकाे छानविन समीक्षा गर्नु पर्ने बेला आएको उल्लेख गरे।

    “बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ ।” उनले भने ” प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन त्यसबारे सोच्नु पर्ने बेला आएको छ।”

    पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताए। उनले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए।