२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्छ : मन्त्री पाण्डे


    लुम्बिनी-संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकनको क्रममा उनले सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए। ‘लुम्बिनी संस्कृतीको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो’ मन्त्री पाण्डेयले भने ‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’

    उनले साँस्कृतिक दृष्टिले उत्कृष्ट स्थल लुम्बिनी र प्रकृतीले सर्वोच्च शिखर सगरमाथालाई जोडे्र ठूलो संख्यामा पर्यटक आर्कषित गर्न सकिने बताए। परिषद बैठकका सन्दर्भमा स्थानीयहरुका माग र गुनासाहरुको समेत सुनुवाई गरेको बताउँदै पाण्डेले लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुका विच एकता आवश्यक रहेको धारणा राखे।

    परिषद बैठकपछि शनिबार दिउँसो संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन्। उनले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरे। भ्रमणका क्रममा मन्त्री पाण्डेयले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षका बिषयमा चासो राखेका थिए।

    सो अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका बिषयमा जानकारी गराए। कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका बिषयमा जानकारी दिए। यसैबीच उनले मन्त्री पाण्डेले दीप प्रज्वलन समेत गरे । भ्रमणका क्रममा मन्त्रालयका सचिव सहित कोषका पदाधिकारी, बोर्ड सदस्यहरुको उपस्थिती थियो।