२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

    काठमाडौं संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ। मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षिय हितका बारेमा छलफल भएको हो।

    मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो। छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो।

    भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो। ्