२०८१ आश्विन २१ गते, सोमबार ०७:०७
  • भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न उत्साहित

    काठमाडौँ – चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले भैरहवा र पोखरामा उडान भर्न आफूहरु उत्साहित भएको बताएका छन्। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच दुई नयाँ विमानस्थलमा उडान भर्ने विषयमा छलफल भएको थियो।

    चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले उडान भर्न आफूहरु तयार भएको बताएका हुन्। ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर एयरलाइन्सको रूपमा रहेको चाईना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ। चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेबाट भएको नीतिगत सुधारको प्रशंसा गरेको थियो ।

    चाइना साउदर्नले उडान नयाँ विमानस्थलमा उडान गर्दा दुई देशको आपसी सम्बन्ध विस्तारमा थप फाइदा हुने मन्त्री पाण्डेले बताए। ‘पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु। यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत लाभ हुने छ।’ उनले भने ‘तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाईदा पुग्ने छ ।’ मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाईना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिन सक्ने समेत प्रस्ट पारे।

    पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नु गरेका थिए।