२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४१
  • लुम्बिनीका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी योजना अघि बढेको छ : मुख्यमन्त्री आचार्य

    सन्धिखर्क- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी पर्यटन सर्कीट बनाउने योजना अगाडी सारेको बताएका छन्। प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत योजना अघि सारेको उनले बताए।नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले पर्यटन सर्किटको रुट समेत बताए।

    उनका अनुसार पर्यटन सर्किट मार्फत बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार संग्राहलय, रुरु क्षेत्र, रेसुंगा सम्म भ्रमण गराउन सकिन्छ। रेसुंगाबाट अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्युठानको स्वर्गद्धारी, रोल्पाको युद्ध संग्राहलय, रुकुम पुर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना बनाएको मुख्यमन्त्रीले सुनाए।

    लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पु¥याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उनले भने‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्नेछौ । पर्यटन सर्किटको अवधारणले अन्र्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षीत गर्न सकिने योजना रहेको आचार्यले बताए । उनले युवालाइ उत्पादन संग जोडेने योजना आफुहरुको रहेको सुनाए।